दक्षिण कोरियाली अर्थतन्त्रको वृद्धिदर ४७ वर्षयताकै उच्च
gorkhapatraonline.com · Tue Sep 08 06:47:58 GMT 2026

दक्षिण कोरियाको वास्तविक कुल गार्हस्थ्य उत्पादन दोस्रो त्रैमासिकमा अघिल्लो त्रैमासिकको तुलनामा ०.६ प्रतिशतले वृद्धि भएको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ । दोस्रो त्रैमासिकको आर्थिक वृद्धि जुलाई २३ मा सार्वजनिक गरिएको प्रारम्भिक अनुमानकै स्तरमा कायम रहेको हो ।
पहिलो त्रैमासिकमा अर्थतन्त्र १.८ प्रतिशतले तीव्ररूपमा विस्तार भएपछि दोस्रो त्रैमासिकमा पनि वृद्धि स्वस्थ स्तरमा स्थिर भएको छ । गत वर्षको अन्तिम त्रैमासिकमा भने वास्तविक कुल गार्हस्थ्य उत्पादन ०.१ प्रतिशतले घटेको थियो । निर्यातमा आधारित दक्षिण कोरियाली अर्थतन्त्रको प्रमुख आधार मानिएको निर्यात अप्रिलदेखि जुनसम्मको अवधिमा अघिल्लो त्रैमासिकको तुलनामा १.३ प्रतिशतले बढेको छ ।
Read full story at source (gorkhapatraonline.com)