अनेरास्ववियूको मानवीय अभियान निरन्तर, रसुवाका बाढीपीडित परिवारलाई राहत वितरण
ratopati.com · Tue Sep 08 07:09:06 GMT 2026

रसुवा । अनेरास्ववियूले बाढीपहिरोबाट प्रभावित नागरिकलाई लक्षित गर्दै सञ्चालन गर्दै आएको मानवीय सहायता अभियानलाई निरन्तरता दिएको छ। अभियानअन्तर्गत रसुवाका विभिन्न प्रभावित क्षेत्रमा पुगेर बाढीपीडित परिवारलाई राहत सामग्री वितरण तथा स्थानीय तहलाई आवश्यक सामग्री हस्तान्तरण गरिएको छ।
अनेरास्ववियूका केन्द्रीय अध्यक्ष महेश श्रेष्ठको नेतृत्वमा गएको टोलीले रसुवाको नौकुण्ड गाउँपालिका–४ मा वडा अध्यक्ष नोकेन्द्र तामाङको प्रत्यक्ष रोहबरमा २६ जना बाढीपीडित परिवारलाई घरदैलोमै पुगेर राहत सामग्री वितरण गरेको हो।
Read full story at source (ratopati.com)