परराष्ट्रमन्त्री शिशिर खनाललाई चीनका पाँच सन्देश
shilapatra.com · Tue Jun 16 08:10:49 GMT 2026

परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा छन् । मन्त्री खनालले यसबीचमा समकक्षी वाङ यीदेखि चिनियाँ कम्युनिस्ट पार्टीका उच्च नेताहरूसँग पनि संवाद गरेका छन् । विदेशमन्त्री वाङ यीसँग झन्डै २ घण्टा संवाद गरेका खनालले बदलिएको नेपालको राजनीतिक सन्दर्भ मात्र होइन, अहिलेको सरकारका प्राथमिकता पनि प्रस्टसँग राखेका छन् ।
नेपालका अपेक्षा र प्राथमिकता प्रस्टसँग राखेका खनालसँग चिनियाँ पक्षले पनि आफ्नो अपेक्षाहरू बताएको छ । चिनियाँ विदेशमन्त्री यीले खनालसँग भेटमा परिवर्तित सरकारसँग सहकार्यमा समस्या नरहेको सन्देश मात्र दिएका छैनन्, भूराजनीतिक सन्दर्भलाई पनि जोडेका छन् । नेपालमा बढ्दो भूराजनीतिक प्रभाव आफूहरूको नोटिसमा रहेको संकेत पनि मन्त्री खनाललाई दिएको छ ।
Read full story at source (shilapatra.com)