२-० ले पछि परेको अर्जेन्टिना मेसीको उत्कृष्ट प्रदर्शनमा ३-२ को जित निकाल्दै अन्तिम आठमा
setopati.com · Tue Jul 07 18:17:00 GMT 2026
सन् २०२६ को विश्वकपमा साविक विजेता अर्जेन्टिनाले फेरि एकपटक हारको मुखबाट उम्किँदै इजिप्टविरुद्ध अन्तिम १६ को खेलमा चमत्कारिक जित हात पारेको छ। इजिप्टले सुरुमा उत्कृष्ट खेल प्रदर्शन गर्दै २-० को अग्रता लिएको थियो। तर अन्तिम ११ मिनेट बाँकी छदा अर्जेन्टिनाले ३ गोल फर्काउँदै खेल आफ्नो पक्षमा पारेर क्वार्टरफाइनलको यात्रा तय गर्यो।
यसअघिको खेलमा केप भर्डसँग पनि निकै संघर्ष गरेको अर्जेन्टिना इजिप्टविरुद्ध पनि सुरुमा निरीह देखिएको थियो। इजिप्टका लागि यासिर इब्राहिम र मोस्तफा जिकोले गोल गर्दै टोलीलाई २-० को बलियो स्थितिमा पुर्याएका थिए। त्यतिबेलासम्म सबैलाई लागेको थियो कि विश्व च्याम्पियन अर्जेन्टिना यसपटक बाहिरिनेछ।
Read full story at source (setopati.com)