‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
gorkhapatraonline.com · Tue Sep 08 07:45:25 GMT 2026

नेपाल नेत्रज्योति सङ्घले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ), दक्षिण-पूर्वी एशिया क्षेत्रीय कार्यालयबाट ‘डब्लुएचओ’ ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ प्राप्त गरेको छ । दिली, तिमोर-लेस्तेमा आज आयोजित ‘डब्लुएचओ’ दक्षिण पूर्वी एशिया क्षेत्रीय कमिटीको ७९ औँ बैठकमा सो विश्व प्रतिष्ठित सम्मान सङ्घलाई अर्पण गरिएको हो ।
‘डब्लुएचओ’का महानिर्देशक डा.टेड्रोस अधानोन ग्याब्रियससले सङ्घका अध्यक्ष प्रा डा चेतराज पन्तलाई उक्त सम्मान अर्पण गर्नुभयो । नेपालमा रोकथाम गर्न सकिने अन्धोपन न्युनीकरण तथा सर्वसुलभ, समतामूलक र विपन्न, पहँुचबाट बाहिर रहेका समुदाय केन्द्रित नेत्र स्वास्थ्य सेवाको विस्तारमा अतुलनीय योगदान पुर्याएवापत ‘डब्लुएचओ’ले पहिलो पटक सङ्घलाई सो विधाको सम्मान अर्पण गरेको ‘डब्लुएचओ’द्वारा यहाँ जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिका अनुसार सार्वजनिक स्वास्थ्य विधामा नेपाल नेत्रज्याति सङ्घसहित थाइल्याण्डका डा नित्ताया फानुफाक र भारतका डा के सुरेशकुमारलाई पनि सम्मान प्रदान गरिएको छ ।
Read full story at source (gorkhapatraonline.com)