सरकारविरुद्ध नाराबाजीपछि पक्राउ परे जेन-जी आन्दोलनका घाइते
khabarhub.com · Tue Sep 08 07:58:49 GMT 2026

काठमाडौं- नयाँ बानेश्वरस्थित पुरानो संसद भवनमा आयोजित एक कार्यक्रममा सरकारको विरोध जनाएपछि जेन-जी आन्दोलनका घाइते पवन खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
गृहमन्त्री तथा अन्य मन्त्रीहरूको सहभागिता रहेको कार्यक्रममा खड्काले सरकारले आन्दोलनका घाइतेका लागि पर्याप्त काम नगरेको भन्दै विरोध जनाएका थिए। आफूलाई आफ्ना कुरा राख्न दिनुपर्ने माग गर्दै उनले कार्यक्रममा आवाज उठाएपछि सुरक्षाकर्मीले उनलाई नियन्त्रणमा लिएको बताइएको छ।
Read full story at source (khabarhub.com)