विस्फोटक पदार्थसहित काभ्रेका सुजन पक्राउ
onlinekhabar.com · Tue Sep 08 08:00:56 GMT 2026

२३ भदौ, काठमाडौं । विस्फोटक पदार्थ पटकासहित एक जना पक्राउ परेका छन्। काठमाडौंको भुरुङखेलस्थित एक घरमा भण्डारण गरी लुकाइछिपाइ विक्रिवितरण गरेको अवस्थामा काभ्रेका सुजन कपालीलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले सोमबार साँझ ५ बजे उनको डेरामा खानतलासी गरेको थियो। उनको कोठाबाट ५२ प्रकारका पटका बरामद गरेको छ।
Read full story at source (onlinekhabar.com)