जापानको ब्याजदर ३१ वर्ष यताकै उच्च
arthasansar.com

बैंक अफ जापान (बीओजे) को ब्याजदर ३१ वर्ष यताकै उच्च विन्दुमा पुगेको छ । मध्यपूर्व युद्धका कारण बढ्दो मुद्रास्फीति, महँगो ऊर्जा आयात र कमजोर ऐनमाथिको दबाबबीच बीओजेले मङ्गलबार ब्याजदर बढाएको हो ।
अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति भए पनि विश्व अर्थतन्त्रमा अनिश्चितता कायम रहेकाले जापानले मौद्रिक नीतिलाई थप कडा बनाएको हो । जापानको केन्द्रीय बैंकले आफ्नो प्रमुख नीतिगत ब्याजदर २५ आधार विन्दुले बढाएर १.० प्रतिशत पु¥याएको छ । यो सन् १९९५ पछिको उच्चतम स्तर हो भने डिसेम्बरयताको पहिलो वृद्धि पनि हो । विश्वको चौथो ठूलो अर्थतन्त्र जापानका लागि यो निर्णयलाई मुद्रास्फीति नियन्त्रण र मुद्रा स्थिरताको प्रयासका रूपमा हेरिएको छ ।
Read full story at source (arthasansar.com)