नेपाल भलिबल लिगको टिकट बिक्रीबाट संकलित करिब ६ लाख रूपैयाँ उद्धार कोषमा
lokaantar.com
केडिया ग्रुपद्वारा काठमाडौंमा आयोजना भइरहेको ‘एक्स्ट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग (एनभीएल)को पहिलो दिनको टिकट बिक्रीबाट संकलन भएको रकम पाँच लाख ९० हजार एक सय ५० रूपैयाँ बाढी पीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ ।
एनभीएल शुरू हुनअघि नै आयोजकले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट पीडितको उद्धार, उपचार र पुनर्स्थापनाको अभियानमा सहयोग पुर्याउने उद्देश्यले लिगको पहिलो दिनको टिकट बिक्रीबाट संकलन हुने सम्पूर्ण रकम कोषमा जम्मा गर्ने प्रतिबद्धता जनाएको थियो ।
Read full story at source (lokaantar.com)