एनभीएलको टिकट बिक्रीबाट सङ्कलित ५ लाख ९० हजार उद्धार कोषमा
ratopati.com · Tue Sep 08 08:35:25 GMT 2026
काठमाडौँ । केडिया ग्रुपको आयोजना भइरहेको एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल)को पहिलो दिनको टिकट बिक्रीबाट सङ्कलन भएको ५ लाख ९० हजार १ सय ५० रुपैयाँ बाढी पीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ ।
नेपाल भलिबल लिग सुरु हुन अघि नै आयोजकले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण पीडितको उद्धार, उपचार र पुनर्स्थापनाको अभियानमा सहयोग पुर्याउने उद्देश्यले नेपाल भलिबल लिगको पहिलो दिनको टिकट बिक्रीबाट सङ्कलन हुने सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने प्रतिबद्धता जनाएको थियौँ । सोही प्रतिबद्धता अनुरूप ५ लाख ९० हजार १ सय ५० रुपैयाँ कोषमा जम्मा गरिएको हो ।
Read full story at source (ratopati.com)