प्रतिनिधिसभा बैठक : समसामयिक विषयमा ध्यानाकर्षण
nepalnews.com · Tue Jun 16 09:55:49 GMT 2026

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
सांसद जयपति रोकायाले प्रस्तुत बजेटले हुम्ला र समग्र कर्णालीलाई पछि पारेको बताउँदै कर्णाली क्षेत्रमा पनि पर्यटकीय संरचना निर्माण गर्न माग गरे। यातायातको सुविधिबाट हुम्लालाई सहज बनाउन सकिए धार्मिक, सांस्कृतिक र आध्यात्मिक पर्यटक उल्लेख्य सङ्ख्यामा भित्र्याउन सकिने उनको भनाइ थियो। हुम्लाबाट कैलाश मानसरोबर जाने धार्मिक पर्यटकको सङ्ख्या धेरै हुने गरेकाले उचित वातावरण बनाइनुपर्ने माग पनि सांसद रोकायाको थियो।
Read full story at source (nepalnews.com)