भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन
kendrabindu.com · Tue Sep 08 09:11:38 GMT 2026

काठमाडौं । भोटेकोशी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा ठूलो मानवीय क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावित विभिन्न स्थानबाट हालसम्म १ हजार ३५७ जनाको शव फेला परेको छ । फेला परेका शवसँगै विभिन्न स्थानबाट मानव अङ्गसमेत भेटिएका छन् ।
प्राधिकरणका अनुसार फेला परेका शवमध्ये १०२ जनाको सनाखत भई परिवारले बुझिसकेका छन् । बाढीपछि अझै ५ हजार ३२६ जना सम्पर्कविहीन रहेको जनाइएको छ ।
Read full story at source (kendrabindu.com)