इरान युद्धले बढायो अमेरिकी उपभोक्ताको इन्धन खर्च
onlinekhabar.com · Tue Sep 08 09:05:56 GMT 2026

२३ भदौ, वासिङ्टन (रासस/एपी)। इरान युद्ध र महत्वपूर्ण समुद्री मार्गबाट कच्चा तेलको ढुवानीमा आएको अवरोधका कारण अमेरिकामा पेट्रोलको मूल्य अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ । महँगो इन्धनका कारण अमेरिकी परिवारको यात्रा योजना प्रभावित हुनुका साथै दैनिक खर्चमा समेत थप आर्थिक दबाब परेको छ ।
अमेरिकामा नियमित पेट्रोलको औसत मूल्य प्रति ग्यालोन चार दशमलव १४ अमेरिकी डलर पुगेको थियो । यो गत वर्षको तुलनामा झन्डै एक डलर बढी हो । यसअघि सन् २०१२ मा नियमित पेट्रोलको औसत मूल्य प्रति ग्यालोन तीन दशमलव ८२ अमेरिकी डलर पुगेको थियो । यस वर्षको मूल्यले उक्त कीर्तिमानसमेत तोडेको छ ।
Read full story at source (onlinekhabar.com)