बोम्बार्डियर बिक्री रोक्ने ट्रम्पको चेतावनी
barnanmedia.com · Tue Sep 08 09:03:24 GMT 2026

२३ भदौ, वासिङ्टन (रासस/एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाली विमान निर्माता बोम्बार्डियरलाई अमेरिकामा विमान बिक्री जारी राख्न त्यहीँ उत्पादन गर्नुपर्ने सर्त अघि सार्दै बिक्री रोक्ने चेतावनी दिएका छन्। अमेरिका–क्यानाडाबीच व्यापारिक तनाव बढिरहेका बेला उहाँले यस्तो धारणा सार्वजनिक गरेका हुन्।
ट्रम्पले अमेरिकामा बोम्बार्डियरका विमान बिक्री रोक्ने बताउँदै अमेरिकी बजार चाहने कम्पनीले अमेरिकामै उत्पादन गर्नुपर्ने उल्लेख गरे। बोम्बार्डियरले भने अमेरिकाभरि दशौँ हजार रोजगारी सिर्जना गरेको र ४७ राज्यमा करिब दुई हजार आठ सय अमेरिकी कम्पनी आफ्नो आपूर्ति शृङ्खलामा आबद्ध रहेको जनाएको छ ।
Read full story at source (barnanmedia.com)