हङकङसँग हारे पनि नेपाल समूह विजेता, ओमानसँग सेमिफाइनल खेल्ने
lokaantar.com
मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले पहिलो हार ब्यहोरेको छ । समूह चरणको अन्तिम खेलमा मंगलबार नेपाली टोली हङकङसँग १५ रनले पराजित भएको हो ।
हङकङसँग पराजित भए पनि नेपाली टोली समूह ‘ए’को विजेता बनेरै प्रतियोगिताको सेमिफाइनलमा पुग्न सफल भएको छ । नेपाल र हङकङ दुवैको ६/६ अंक भए पनि नेट रन रेटमा नेपालले हङकङलाई पछि पारेको हो ।
Read full story at source (lokaantar.com)