नेपाल हङकङसँग पराजित, हारले पनि समूह विजेता बन्दै सेमिफाइनलमा
hamrakura.com · Tue Sep 08 00:00:00 GMT 2026
काठमाडौँ । मलेसियामा जारी एसीसी प्रिमियर कप २०२६ को समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग पराजित भएको छ । नेपाल १५ रनले पराजित भएको हो । जितका लागि नेपालले २६२ रनको चुनौती पाएकामा ४९ ओभर १ बलमा अलआउट हुँदै १४६ रनमात्र बनाउन सक्यो ।
डा इशान पाण्डेले १०६ बलमा ९० रन बनाए पनि टिमलाई जिताउन सकेनन् । आसिफ शेखले ५० बलमा ४४ रन जोडे । खेलमा टस जितेर पहिले ब्याटिङ गरेको हङकङले ७ विकेटको क्षतिमा २६१ बनायो ।
Read full story at source (hamrakura.com)