रास्वपा सांसद रेग्मी भन्छन्- ‘चीनले बाढीको सूचना दिएन’ भन्ने आरोप अफवाह मात्र हो
barnanmedia.com · Fri Aug 28 10:28:46 GMT 2026

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. धनञ्जय रेग्मीले रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीको सन्दर्भमा चीनले नेपाली पक्षलाई समयमै पूर्वसूचना नदिएको आरोप ‘मिथ्या’ र ‘अफवाह’ भएको बताएका छन् ।
शुक्रवार सञ्चारकर्मीसँग कुरा गर्दै उनले चीन र नेपालबीचको सुमधुर सम्बन्ध नै बिग्रने गरी ‘¥युमर’ फैलाइएको बताएका हुन् । उनले प्राकृतिक रूपमा हिमालय क्षेत्रमा हुने हिमपहिरो, चट्टान खस्ने तथा हिमताल फुट्ने घटनाको ठ्याक्कै समय र स्थानबारे पूर्वसूचना दिन सम्भव हुने बताए । उनले निरन्तर निगरानी हुने सगरमाथा हिमालमा समेत पर्यटक र पथप्रदर्शकलाई जोगाउन नसकिएको उल्लेख गर्दै निगरानी नै नभएको हिमालयमा कुन ठाउँमा के घटना हुन्छ ? भन्ने सूचना प्रदान गर्न नसकिने बताए ।
Read full story at source (barnanmedia.com)