आइएमई खल्ती र भिजन कन्सर्न आँखा क्लिनिक बीच एमओयू सम्झौता, कर्मचारीले पाउने निःशुल्क आँखा परीक्षण
ajakoartha.com · Fri Jun 05 11:22:00 GMT 2026

काठमाडौं- अग्रणी फिनटेक कम्पनी आइएमई खल्ती लिमिडेट र भिजन कन्सर्न आँखा क्लिनिक बीच कर्पोरेट वेलनेस सम्झौता ( एमओयू) भएको छ । पानीपोखरीस्थित आइएमई खल्तीका कर्मचारी तथा तिनका परिवारलाई आँखाको विशेष सुविधा उपलब्ध गराउने उद्देश्यले यो सम्झौता भएको हो ।
सम्झौताअन्तर्गत आइएमई खल्तीका कर्मचारीले निःशुल्क व्यापक आँखा परीक्षण, निःशुल्क चिकित्सक परामर्श र प्राथमिकताका साथ अपोइन्टमेन्टको सुविधा पाउनेछन् । यी सेवाहरू भिजन कन्सर्नका बौद्ध, लाजिम्पाट र माकलबारीस्थित शाखाहरूमा उपलब्ध हुनेछन् ।
Read full story at source (ajakoartha.com)