म्याग्दीमा १३२ केभी क्षमताको डाडाखेत सबस्टेसन निर्माण
bishowkhabar.com · Tue Sep 08 09:53:23 GMT 2026

काठमाडौं– म्याग्दीको मालिका गाउँपालिका–७ डाडाखेतमा १३२ केभी क्षमताको सबस्टेसन निर्माण सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणले म्याग्दी नदी बेसिनमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न सबस्टेसन निर्माण गरेको हो ।
५१ रोपनी क्षेत्रफलमा निर्माण गरिएको डाडाखेत सबस्टेसनमा १३२/३३ केभी, ३० एमभिए क्षमताका उपकरण जडान भइसकेका छन् । सबस्टेसनमा एआइएस प्रविधिमा आधारित उपकरण जडान गरिएको डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाका प्रमुख रोशन अग्रवालले जानकारी दिनुभयो ।
Read full story at source (bishowkhabar.com)