तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि परिमार्जन
onlinekhabar.com · Tue Sep 08 09:55:19 GMT 2026

२३ भदौ, काठमाडौं । नेपाली कांग्रेसले आसन्न १५ औं महाधिवेशनअन्तर्गत तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि परिमार्जन गरेको छ। केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय निर्वाचन समिति बैठकले तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि परिमार्जन गरेको हो।
परिमार्जित कार्यतालिकाअनुसार अब गाउँ-नगर अधिवेशनहरू ३ र ४ असोजमा हुने भएका छन् । बैठकले दुई दिनमध्ये कुनै एक दिन स्थानीय अनुकूलतामा अधिवेशन गर्न भनेको छ।
Read full story at source (onlinekhabar.com)