चितवनको दासढुंगामा म्याजिक र स्कार्पियो ठोक्किँदा ८ जना घाइते
ratopati.com · Tue Jun 16 10:49:25 GMT 2026

चितवन । नारायणगढ–मुग्लिङ सडक खण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ स्थित दासढुंगामा म्याजिक र स्कार्पियो एक-आपसमा ठोक्किँदा ८ जना घाइते भएका छन्। मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको ना १ ज ४८७६ नम्बरको म्याजिक र विपरीत दिशाबाट जाँदै गरेको प्रदेश ३-०१-०२२ च १७५८ नम्बरको स्कार्पियो मंगलबार एक-आपसमा ठोक्किएका हुन्।
दुर्घटनामा परी दुवै सवारी साधनमा सवार यात्रुहरू घाइते भएका छन्। म्याजिकमा सवार घाइते हुनेहरूमा नवलपरासीको गैंडाकोट नगरपालिका–४ बस्ने ४९ वर्षीया गौरी लामिछाने, २८ वर्षीया मनिसा आले र उनका २० महिनाका छोरा पिन्स आले रहेका छन्। यस्तै, चितवनको भरतपुर महानगरपालिका–१ बस्ने २७ वर्षीया सिता दानी, इच्छाकामना गाउँपालिका–६ की २४ वर्षीया रचना गुरुङ र सोही ठाउँका ५३ वर्षीय कान्छा दागि पनि घाइते भएका छन्।
Read full story at source (ratopati.com)