पूर्णायु आयुर्वेद हस्पिटल र चिरायु डेन्टकेयरलाई बंगलादेशको ग्लोबल एक्सिलेन्स अवार्ड
gorkhapatraonline.com · Tue Jun 16 10:49:11 GMT 2026

नेपालका निजी क्षेत्रका दुई वटा स्वास्थ्य संस्था बंगलादेशमा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएका छन् । आयुर्वेदिक चिकित्सा क्षेत्रमा सक्रिय पूर्णायु आयुर्वेद हस्पिटललाई ग्लोबल एक्सिलेन्स हेल्थकेयर एन्ड आयुर्वेदिक लिडरसिप सम्मान र दन्त स्वास्थ्यसम्बन्धी अग्रणी संस्था चिरायु डेन्टकेयरलाई ‘ग्लोबल एक्सिलेन्स बेस्ट डेन्टल सम्मान प्राप्त गरिएको हो ।
बंगलादेशको राजधानी ढाकामा आयोजित अन्तर्राष्ट्रिय सम्मान समारोहमा उक्त प्रतिष्ठित सम्मान प्रदान गरिएको हो । यससँगै पूर्णायु आयुर्वेद हस्पिटल र चिरायु डेन्टकेयरले अन्तर्राष्ट्रिय मञ्चमा पनि उपस्थिति जनाएका छन् । पूर्णायु आयुर्वेद हस्पिटलका प्रबन्ध निर्देशक पर्शुराम चौहान (प्रल्हाद) ले आयुर्वेदिक उपचार, सेवा र समर्पणको पहिचान स्थापित गरेका कारण सम्मान प्राप्त भएको बताउनुभयो ।
Read full story at source (gorkhapatraonline.com)