बाँकेमा प्रदेश सरकारद्वारा १५ पुल निर्माण
barnanmedia.com · Tue Sep 08 09:55:48 GMT 2026

लुम्बिनी प्रदेश सरकारले बाँके जिल्लामा सङ्घीयता कार्यान्वयन भएयता १५ वटा पक्की पुल निर्माण गरेको छ ।
पुल निर्माणसँगै ग्रामीण तथा दुर्गम क्षेत्रका हजारौँ स्थानीयवासीको आवागमन सहज भएको प्रदेश भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको सडक पूर्वाधार विकास कार्यालय, बाँकेले जनाएको छ । उक्त कार्यालयका प्रमुख चन्द्रबहादुर शाहका अनुसार निर्माण सम्पन्न बाहेक दुई वटा निर्माणाधीन पुल अन्तिम चरणमा छन् भने थप दुई वटा पुल निर्माणका लागि बहुवर्षीय ठेक्कासमेत आह्वान भइसकेको छ ।
Read full story at source (barnanmedia.com)