हङकङसँग १५ रनको हार व्यहोरे पनि नेपाल सेमिफाइनलमा प्रवेश
ukeraa.com
काठमाडौं : मलेसियामा जारी एसीसी प्रिमियर कपको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग १५ रनले पराजित भयो। क्वालालाम्पुरस्थित बायुमास ओभल मैदानमा मंगलबार सम्पन्न खेलमा हङकङले प्रस्तुत गरेको २६२ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ४९.१ ओभरमा २४६ रन बनाउँदै अलआउट भयो।
प्रतियोगितामा पहिलो हार बेहोरेको नेपाल नेट रनरेटका आधारमा समूहको विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गर्यो। नेपालका लागि मध्यक्रमका ब्याटर इशान पाण्डेले सर्वाधिक ९० रनको योगदान दिए। उनले १०६ बलमा ६ चौका र २ छक्का प्रहार गरे पनि टोलीलाई जितसम्म पुर्याउन सकेनन्।
Read full story at source (ukeraa.com)