कृष्णभीरमा सडक बन्द, पर्यटक बस थन्किए
bishowkhabar.com · Tue Sep 08 10:07:26 GMT 2026

काठमाडौं– कृष्णभीरमा सडक अवरुद्ध हुँदा पर्यटक बस सञ्चालन प्रभावित भएको छ । भोटेकोशी नदीमा आएको बाढीले सडक कटान गरेपछि भदौ १३ गतेदेखि पृथ्वी राजमार्ग बन्द हुँदा काठमाडौँ, पोखरा, चितवन र लुम्बिनीमा पर्यटक बस रोकिएका छन् ।
पर्यटक बस व्यवसायी संघ नेपालका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले सडक अवरुद्ध हुँदा पर्यटक र व्यवसायी दुवै प्रभावित भएको बताउनुभयो । ठूला पर्यटक बस वैकल्पिक साँघुरो सडकमा सञ्चालन गर्न कठिन भएको उहाँको भनाइ छ ।
Read full story at source (bishowkhabar.com)