कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल
nepalnews.com · Tue Sep 08 10:14:01 GMT 2026

मुस्ताङ । उत्तरी कोरला नाकाबाट फलफूल बोकेको १० कन्टेनर भन्सारमा चेक जाँच गरी क्रमशः नेपाल भित्रिन थालेका छन्।
गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनासकारी बाढीपछि रसुवा–केरुङ नाका बन्द भएपछि त्यहाँबाट पैठारी गरिने फलफूल कोरला नाकातर्फ फर्काउन थालिएको हो। केरुङ नाकाबाट फिर्ता आएका फलफूलका कन्टेनर कोरला नाकास्थित लिजीमा आइपुगेपछि नेपाली कन्टेनरले त्यहाँ पुर्याइएका फलफूल पल्टी गरी नेपाल भित्र्याउन थालेका हुन्।
Read full story at source (nepalnews.com)