केरुङ नाका बन्द भएपछि कोरलाबाट पहिलोपटक फलफूल भित्रिन थाले
aarthiknews.com

काठमाडौँ। रसुवागढी–केरुङ र तातोपानी नाका बन्द भएपछि चीनबाट आयात हुने फलफूलको वैकल्पिक मार्गका रूपमा मुस्ताङको कोरला नाका प्रयोग हुन थालेको छ। केरुङबाट फर्काइएका फलफूल बोकेका १० कन्टेनर कोरला नाकाबाट भन्सार जाँचपास गरी नेपाल भित्रिन थालेका छन्।
मुस्ताङ भन्सार कार्यालयका अनुसार आइतबार र सोमबार गरी दुई दिनमा १० कन्टेनर फलफूलको भन्सार जाँचपास भएको हो। कोरला नाकाबाट फलफूल नेपाल भित्रिएको यो पहिलोपटक हो।
Read full story at source (aarthiknews.com)