केरुङ र तातोपानी बन्द भएपछि कोरलाबाट भित्रिन थाले फलफूल
kendrabindu.com · Tue Sep 08 10:22:18 GMT 2026

मुस्ताङ । रसुवागढी–केरुङ र तातोपानी नाका बन्द भएपछि चीनबाट नेपाल भित्रिने फलफूलको व्यापारिक मार्ग कोरला नाकातर्फ मोडिएको छ । बाढीका कारण प्रमुख उत्तरी नाका अवरुद्ध भएपछि केरुङमा रोकिएका फलफूल बोकेका कन्टेनरलाई वैकल्पिक रूपमा मुस्ताङको कोरला नाकाबाट नेपाल भित्र्याउन थालिएको हो ।
उत्तरी कोरला नाकाबाट पहिलोपटक ठूलो परिमाणमा फलफूलको व्यावसायिक पैठारी सुरु भएको छ । आइतबार र सोमबार गरी दुई दिनमा १० वटा कन्टेनरमा ल्याइएका फलफूलको भन्सार तथा क्वारेन्टाइन जाँच पूरा गरी नेपाल भित्र्याउने प्रक्रिया अघि बढाइएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ ।
Read full story at source (kendrabindu.com)