बाढी प्रभावित व्यवसायीलाई निजी क्षेत्र एक्लो हुन दिँदैन - पूर्वअध्यक्ष ढकाल
arthasansar.com · Tue Sep 08 10:21:14 GMT 2026

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का पूर्वअध्यक्ष चन्द्र ढकालले भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै विपद्बाट प्रभावित उद्योगी–व्यवसायीलाई निजी क्षेत्रले निरन्तर साथ दिने बताएका छन्। बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ र गोरखालगायतका क्षेत्रमा पुगेर स्थलगत अवस्थाको अवलोकन गरेपछि ढकालले बाढीले पुर्याएको क्षति अत्यन्तै हृदयविदारक रहेको बताएका हुन्।
उनले बाढीमा परी ज्यान गुमाउने नागरिक तथा कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। स्थलगत निरीक्षणका क्रममा सयौँ परिवारका घर–आँगना बगरमा परिणत भएको, सडक सञ्जाल क्षतविक्षत भएको तथा जलविद्युत् आयोजना, विद्यालय, अस्पताल, पसल र गोदाममा ठूलो क्षति पुगेको उनले बताए।
Read full story at source (arthasansar.com)