एनएनआईपीको कार्यवाहक अध्यक्षमा कुथु
baahrakhari.com · Tue Sep 08 10:28:28 GMT 2026
काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपी)को कार्यवाहक अध्यक्षकाे जिम्मेवारी राष्ट्रिय फुटबल खेलाडी तथा गोलकिपर विकेश कुथुलाई दिइएकाे छ ।
कुथुलाई मंगलबार (भदौ २३) सम्पन्न संघको बैठकबाट कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको अध्यक्ष दीपक श्रेष्ठले जनाएका हुन् । उनले सामाजिक सञ्जालमा उक्त कुरा खुलाउँदै लेखे, “नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आजको बैठकबाट संघका उपाध्यक्ष एवं साग दोहोरो स्वर्ण पदक विजेता फुटबलका विकेस कुथुलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गर्ने निर्णय गरियो ।”
Read full story at source (baahrakhari.com)