ब्रिक्समा भारतको नयाँ एजेन्डा
khabarhub.com · Tue Sep 08 10:39:49 GMT 2026

नयाँ दिल्ली- भारतले सेप्टेम्बर १२ र १३ मा नयाँदिल्लीमा आयोजना गर्ने १८औँ ब्रिक्स शिखर सम्मेलनमार्फत व्यापार, प्रविधि, स्वास्थ्य, ऊर्जा, कृषि र जलवायु क्षेत्रमा व्यावहारिक सहकार्यलाई प्राथमिकता दिने भएको छ । भारतको सन् २०२६ को अध्यक्षता ‘लचिलोपन, नवीनता, सहयोग र दिगोपनका लागि निर्माण’ भन्ने मूल विषयमा केन्द्रित छ । सन् २००६ मा ब्राजिल, रुस, भारत र चीनबाट सुरु भएको ब्रिक समूह दक्षिण अफ्रिका थपिएपछि सन् २०११ मा ब्रिक्स बनेको थियो ।
सन् २०२४ मा इजिप्ट, इथियोपिया, इरान, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स तथा सन् २०२५ मा इन्डोनेसिया थपिएपछि अहिले यसमा ११ पूर्ण सदस्य राष्ट्र छन् । भारतले अध्यक्षताका क्रममा ब्रिक्सलाई राजनीतिक समन्वयमा मात्र सीमित नराखी आर्थिक र विकाससम्बन्धी ठोस सहकार्यको मञ्चका रूपमा अघि बढाउने लक्ष्य लिएको छ ।
Read full story at source (khabarhub.com)