भोटेकोशीमा बाढी: वीरबहादुरको एक कलले बचायो करिब ३० परिवारलाई
ratopati.com · Tue Sep 08 10:52:35 GMT 2026

नुवाकोट । माइक्रोबसबाट यात्रु झारेर वीरबहादुर गुरुङ सडक छेउको एउटा चिया पसलमा पसे । एक्कासी ठूलोठूलो आवाज उनको कानमा आएर ठोक्कियो । यसो बाहिर आएर स्याँफ्रुबेँसीतर्फ के हेरेका थिए उनको होस हवास नै उड्यो । उनले जीवनमा कहिल्यै नदेखेको दृश्य देखे। भोटेकोशीको बाढीले आकाशै छुन लागेको जस्तो वीरबहादुरलाई आभास भयो । त्यही बाढीको गड्गडाहटले रसुवा सदरमुकाम धुञ्चेलाई थर्कमान बनाएको थियो ।
“भोटेकोशीमा बाढी यति धेरै आएको थियो की पाँच दश-मिनेट मैले केही सोच्नै सकिन”, वीरबहादुरले भने, “एकछिनपछि त झल्यास्स सम्भिएँ, लौ मेरो जहान बच्चाहरूलाई बग्नबाट कसरी जोगाउने ।” उनले त्रिशूली नदीको बगरमा बसाइएको बजार नुवाकोटको विदुर नगरपालिका-१० भैँसेलाई सम्झिए । अनि भैँसेस्थित घरमा रहेकी श्रीमती गङ्गालाई फोन गरे । “श्रीमतीको फोन मरिकाटे उठ्दैन”, उनले सम्झदै भने ।
Read full story at source (ratopati.com)