सञ्चालनमा आयो कर्णाली राजमार्ग
gorkhapatraonline.com · Tue Sep 08 10:52:04 GMT 2026

दुई दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएको छ ।
अविरल वर्षाका कारण भदौ २० गते राति ७ बजेदेखि राजमार्गका विभिन्न स्थानमा पहिरो खस्दा यातायात सेवा अवरुद्ध भएको थियो । सडक डिभिजन कार्यालय जुम्लाले मेसिन तथा प्राविधिक टोलीसहित तीव्र गतिमा काम गरेपछि दुई दिनपछि राजमार्ग सञ्चालनमा ल्याइएको हो ।
Read full story at source (gorkhapatraonline.com)