एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सका पोर्टफोलियोबाट बाढीपीडितलाई ५६ लाख सहयोग
baahrakhari.com · Tue Sep 08 10:54:42 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र एनआईबीएल इक्विटी पार्टनर्सले २१ लाख सहयोग गरिएको छ । उक्त सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत प्रभावित नागरिकलाई राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रदान गरिएको हो ।
यसैगरी, एनआईबीएल इक्विटी पार्टनर्सका पोर्टफोलियो कम्पनीहरूबाट समेत प्रभावित समुदायको राहत तथा पुनर्सथापनाका लागि सामूहिक रूपमा करिब ३५ लाख नगद सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ । यससँगै एनआईएमबी एस क्यापिटल, एनआईबीएल इक्विटी पार्टनर्स तथा यसका पोर्टफोलियो कम्पनीहरूबाट बाढी प्रभावितका लागि ५६ लाखभन्दा बढी सहयोग जुटाइएको छ ।
Read full story at source (baahrakhari.com)