किएभमा रुसी आक्रमण फेरि सुरु
khabarhub.com · Tue Sep 08 10:57:10 GMT 2026

एजेन्सी – तीन दिनको रोकपछि रुसले युक्रेनको राजधानी किएभमा पुनः क्षेप्यास्त्र आक्रमण गरेको छ । मंगलबार बिहान भएको आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु तथा सात जना घाइते भएको किएभ सहरको सैन्य प्रशासनले जनाएको छ ।
आक्रमणबाट राजधानीका विभिन्न स्थानमा आगलागी तथा संरचनामा क्षति पुगेको छ । सोलोमियन्स्की जिल्लाको पाँचतले आवासीय भवनमा समेत क्षति पुगेको र पोडिल्स्की जिल्लामा सवारीसाधनमा आगलागी भएको मेयर भिटाली क्लिट्स्कोले बताए। युक्रेनी सेनाले हवाई रक्षा प्रणाली सक्रिय रहेको जनाउँदै सर्वसाधारणलाई सुरक्षित स्थानमा आश्रय लिन आग्रह गरेको थियो ।
Read full story at source (khabarhub.com)