नेकपा (बहुमत)द्वारा वैज्ञानिक समाजवादी सत्ता स्थापनाको आह्वान
lokaantar.com

नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का अध्यक्ष धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ले जेनीजी विद्रोहको एक वर्ष पूरा भएको अवसरमा एक प्रेस वक्तव्य जारी गर्दै देशमा वैज्ञानिक समाजवादी सत्ता स्थापनाका लागि नयाँ प्रकारको जनवादी आन्दोलन सिर्जना गर्न आह्वान गरेका छन् ।
वक्तव्यमार्फत् पार्टीले गत वर्ष भदौ २३ गते नेपाली युवाहरूले भीषण वर्गसंघर्ष गरेको उल्लेख छ । दुई दिनको जनविद्रोहले पुरानो सरकारलाई अपदस्त गरी नयाँ सरकार बने पनि विश्वमै दुर्लभ भनिएको यस घटनाको राजनीतिक परिणाम जनअपेक्षित हुन नसकेको र पुरानै शैलीको पुनरावृत्ति भएको पार्टीको ठहर छ ।
Read full story at source (lokaantar.com)