२४ वर्षअघि सेनेगलसँग हारेको थियो फ्रान्स, आज के होला ?
shilapatra.com · Tue Jun 16 12:06:09 GMT 2026
फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’को खेलमा आज राति फ्रान्स र सेनेगल आमनेसामने हुँदै छन् । विश्वकप जित्ने प्रमुख दाबेदारमध्ये एक मानिएको फ्रान्सले आफ्नो यात्रा सेनेगलविरुद्ध खेलेर सुरु गर्न लागेको हाे ।
फिफा वरीयतामा तेस्रो स्थानमा रहेको फ्रान्स सन् २०२२ को विश्वकपमा उपविजेता बनेको थियो भने सन् २०१८ मा विश्वविजेता बनेको थियो । यता, फिफा वरीयतामा १६औँ स्थानमा रहेको सेनेगल चार वर्षअघि अन्तिम १६ बाट बाहिरिएको थियो ।
Read full story at source (shilapatra.com)