तादी नदीमा बेलिबिज निर्माण तीव्र, निर्माणमा खटियो ५५ जनाको प्राविधिक टोली
ratopati.com · Tue Sep 08 11:20:07 GMT 2026

काठमाडौँ । नुवाकोट जिल्लाको विदुर नगरपालिका–५, देवीघाटस्थित तादी नदीमा नेपाली सेनाको इन्जिनियरिङ फौजद्वारा बेलिब्रिज निर्माणको कार्य तीव्र रूपमा भइरहेको छ । सेनाकाअनुसार तादी नदीमा बेलिब्रिज निर्माणका लागि नेपाली सेनाबाट ५५ जनाको प्राविधिक टोली खटिएको छ ।
भदौ १० गते चीनतर्फबाट आएको बाढीले उक्त पुल बगाएपछि यातायात सम्पर्क जोड्न नेपाली सेनाको ब्रिजिङ युनिटले तादी नदीमा करिब ६० मिटर लामो र ५० टन पारवहन क्षमताको बेलिब्रिज जडान गरेको हो ।
Read full story at source (ratopati.com)