अमेरिकाले नेपालमा पठायो नयाँ कार्यवाहक राजदूत
kendrabindu.com · Tue Sep 08 11:23:20 GMT 2026

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासको कार्यवाहक राजदूतका रूपमा मेगन बोल्डिन काठमाडौं आइपुगेकी छन् । उनले आगामी केही महिना नेपालमा कार्यवाहक अमेरिकी राजदूतको जिम्मेवारी सम्हाल्ने दूतावासले जनाएको छ ।
नेपालमा आएको बाढीबाट प्रभावित अमेरिकी नागरिकलाई सहयोग गर्ने कामलाई प्राथमिकतामा राख्दै मेगनले नियोग उपप्रमुख स्कट अर्बमसँग सहकार्य गर्ने दूतावासले जनाएको छ । उनीहरूले बाढीपछिको प्रतिकार्य तथा पुनर्लाभका गतिविधिमा समेत सहयोग गर्नेछन् ।
Read full story at source (kendrabindu.com)