ठमेलबाट पक्राउ परेका १० जना बङ्गलादेशीमाथि अनुसन्धान गरिँदै
ratopati.com · Tue Sep 08 11:28:41 GMT 2026

काठमाडौँ। काठमाडौँको ठमेलबाट पक्राउ परेका १० जना बङ्गलादेशी नागरिकबारे अध्यागमन विभागले अनुसन्धान थालेको छ । प्रहरीले सोमबार काठमाडौँ–२६ स्थित ठमेल क्षेत्रका होटलहरुबाट पक्राउ गरेर बङ्गलादेशी नागरिकहरूलाई अध्यागमन विभागमा पठाएको थियो।
शङ्कास्पद गतिविधिमा संलग्न रहेको सूचना पाएपछि १० जनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी शरत कुमार थापा क्षेत्रीले रातोपाटीलाई बताए । पक्राउ पर्नेहरूमा ४६ वर्षीया फहिमा अक्तर हसन, ४८ वर्षीय महमुद, ४५ वर्षीय महबुब हसन, ४९ वर्षीय रिपोन महमुद, ३० वर्षीय एमडी करामत अलीखान, ३० वर्षीय साहिदुर रहमान, ५० वर्षीय एमडी खलिलुर रहमान, २८ वर्षीय आरिफुर रहमान, ४२ वर्षीय एमडी मारुफ मिर्धा र ६४ वर्षीय मोहम्मद हनिफ मिया छन् । उनीहरूलाई प्रहरीले ठमेलको होटल ढाका एक्सप्रेस, होटेल डि भेढा र होटेल अलरहमानलगायतबाट पक्राउ गरेको हो ।
Read full story at source (ratopati.com)