शनिबारदेखि अवरूद्ध कर्णाली राजमार्ग सञ्चालनमा
ratopati.com · Tue Sep 08 11:38:20 GMT 2026

सुर्खेत। शनिबारदेखि अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ। कालिकोटको गगने खोलाको पहिरो हटाएसँगै राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।
प्रहरीका अनुसार मंगलबार दिउँसो ३ बजेबाट साना तथा मझौला सवारी साधन दोहोरो रूपमा आवतजावत हुन सक्ने गरी सडक सुचारु गरिएको छ।
Read full story at source (ratopati.com)