देवीघाटको बेलीब्रिज भोलिदेखि सञ्चालनमा आउने
ratopati.com · Tue Sep 08 11:46:18 GMT 2026

काठमाडौँ। बाढीका कारण क्षतिग्रस्त भएको पुलहरूको पुनर्स्थापना गर्ने क्रममा नुवाकोटको देवीघाटमा निर्माण भइरहेको बेलीब्रिज भोलिदेखि सञ्चालनमा आउने भएको छ।
पूर्वाधार विकास मन्त्रालयद्वारा गठित पुल/बेली ब्रिज निर्माण तथा पुनर्स्थापना कार्यदलका संयोजक तथा नेपाली सेनाका पूर्व उपरथी धर्मेन्द्र झाले रातोपाटीसँगको कुराकानीमा देवीघाटको पुल निर्माणको काम अन्तिम चरणमा पुगेको र भोलि साँझदेखि सवारी साधन वारपार गर्न सक्ने जानकारी दिएका छन्।
Read full story at source (ratopati.com)