मधेसका १५४ हेक्टर वन क्षेत्र अतिक्रमणमुक्त
rajdhanidaily.com · Tue Sep 08 11:48:04 GMT 2026

जनकपुरधाम । मधेस प्रदेशका विभिन्न जिल्लामा वन अतिक्रमण नियन्त्रण अभियानलाई गति दिइएको छ। गत आर्थिक वर्ष २०८२/८३ मा मधेस प्रदेशका जिल्लामा १५४ दशमलव ५५ हेक्टर क्षेत्रफल वन क्षेत्र अतिक्रमणमुक्त गरिएको मधेस प्रदेश वन निर्देशनालय जनकपुरधामले जनाएको छ।
वन निर्देशनालयका सूचना अधिकारी सजन चौधरीका अनुसार सो अवधिमा सबैभन्दा बढी पर्सामा १२० हेक्टर वन क्षेत्र अतिक्रमणमुक्त गरिएको छ। त्यस्तै बारामा २१ हेक्टर, सप्तरीमा पाँच हेक्टर, धनुषामा तीन दशमलव २५ हेक्टर, सर्लाहीमा तीन हेक्टर, महोत्तरीमा दुई हेक्टर र सिरहामा शून्य दशमलव ३५ हेक्टर वन क्षेत्र अतिक्रमणमुक्त गरिएको हो।
Read full story at source (rajdhanidaily.com)