नयाँ सामाजिक सञ्जाल कानुनबाट एल्गोरिदम निरुत्साहित गर्दै अस्ट्रेलिया
baahrakhari.com · Tue Sep 08 11:57:53 GMT 2026

काठमाडौं । अस्ट्रेलिया सरकारले ‘माई फिड, माई वे’ अभियानको घोषणा गरेको छ । यसअन्तर्गत सामाजिक सञ्जाल कम्पनीहरूले प्रयोगकर्तालाई एल्गोरिदममा आधारित सामग्रीको सिफारिसबाट बाहिर निस्कने विकल्प अनिवार्य रूपमा दिनुपर्ने कानुन प्रस्ताव गरिएको छ ।
प्रधानमन्त्री एन्थनी अल्बानीजले प्रस्तावको उद्देश्य सामाजिक सञ्जाल फिडमा के हेर्ने भन्ने विषयमा प्रयोगकर्ता आफैँले नियन्त्रण कायम गर्नु रहेको बताएका छन् । नयाँ तथा हाल कायम रहेका १६ वर्षभन्दा माथिका प्रयोगकर्तालाई आफ्नो डिफल्ट फिड छनोटको विकल्प दिइने बताइएको छ ।
Read full story at source (baahrakhari.com)