एसियाली खेलकुदमा पौडी खेलाडी छनोट विवाद
baahrakhari.com · Tue Jun 16 12:44:39 GMT 2026
काठमाडौं । पौडीको एसियाली खेलकुदको छनोटमा धाँधली भएको भन्दै नेपालका नम्बर एक पौडीवाज इर्भिन श्रेष्ठसहित तीनजना राष्ट्रिय खेलाडीहरूले नियमानुसार निर्णायक छनोट गराउन माग गरेका छन् । उनीहरूले पूर्वसूचनाअनुसारको प्रिक्वालिफिकेसनलाई रातारात क्वालिफिकेसनमा परिणत गर्ने कार्य गैरकानुनी र खेल नियमविपरीत भन्दै तत्काल सच्याउन माग गरेका छन् ।
मंगलबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै पौडीवाज श्रेष्ठले नेपाल पौडी संघले पहिले एसियाली खेलकुदको प्रिक्वालिफिकेसन भनिएको खेललाई आधाभन्दा बढी खेल समाप्त भइसकेपछि बिनाछाप र हस्ताक्षरको सूचना प्रकाशित गरी क्वालिफिकेसनमा बदलेको बताए ।
Read full story at source (baahrakhari.com)