चिलिमे सुरुङमा उद्धार तीव्र, पावरहाउस नजिकै पुग्यो टोली
ratopati.com · Tue Sep 08 12:05:44 GMT 2026

काठमाडौँ। रसुवास्थित चिलिमे जलविद्युत आयोजनाको सुरुङमा थुनिएका व्यक्तिहरूको उद्धार कार्य तीव्र पारिएको छ । आयोजना स्थलमा रहेका सुरुङ विज्ञ एवं सांसद श्रीराम न्यौपानेले दिएको जानकारी अनुसार सुरुङभित्रको पावरहाउस क्षेत्रमा सुरक्षित स्थान रहेको र त्यहाँ खाद्यान्नको समेत उपलब्धता भएकाले थुनिएका व्यक्तिहरू जीवितै फेला पर्ने उच्च सम्भावना देखिएको बताएका छन् ।
आयोजना स्थलमा रहेका न्यौपानेले उद्धार टोली अहिले पावरहाउस क्षेत्रभन्दा करिब १०० मिटरको दूरीमा पुगेको बताए । सुरुङको डिजाइन र संरचनालाई विश्लेषण गर्दा पावरहाउस करिब ६० मिटर लामो, २५ मिटर उचाइ र २० मिटर चौडाइको रहेको छ । हाल सुरुङभित्र लेदो मिसिएको पानीको सतहको अवस्था हेर्दा पावरहाउसको माथिल्लो भागमा २ देखि ८ मिटरसम्म खुला सुरक्षित स्थान रहने अनुमान छ ।
Read full story at source (ratopati.com)