सीमाबाट भित्रिँदै थिए २०० कुखुराका चल्ला, भारतीय मोटरसाइकलसहित बरामद
nepalsamaya.com · Tue Sep 08 12:11:56 GMT 2026

रौतहट । रौतहटको सीमा क्षेत्रमा भारतबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरेका २०० वटा कुखुराका चल्लासहित भारतीय नम्बर प्लेटको मोटरसाइकल सशस्त्र प्रहरीले बरामद गरेको छ।
गौर नगरपालिका–६ स्थित सबगढा बाँधको सीमाक्षेत्रमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर गौरबाट खटिएको टोलीले भारततर्फबाट नेपाल प्रवेश गरिरहेका बेला मोटरसाइकलमा लोड गरिएका चल्ला नियन्त्रणमा लिएको हो।
Read full story at source (nepalsamaya.com)