कृष्णभीरमा २५२ मिटर नयाँ ट्र्याक, कहिले छ सवारी चलाउने तयारी ?
kendrabindu.com · Tue Sep 08 12:10:51 GMT 2026

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा बाढीपहिरोका कारण भासिएको सडकको विकल्पमा २५२ मिटर लामो नयाँ ट्र्याक खोलिएको छ । सडक विभागका अनुसार पछिल्लो पाँच दिनमा पहाडको भित्ता काटेर नयाँ ट्र्याक खोलिएको हो ।
नागढुंगा–मुग्लिङ सडक योजना पश्चिम खण्डका योजना प्रमुख सजन अधिकारीका अनुसार नयाँ ट्र्याकलाई करिब ७.५ मिटर चौडा बनाउने, लेभल मिलाउने र ग्रेडिङ गर्ने काम भइरहेको छ । आगामी १० देखि १५ दिनभित्र साना तथा भारी सवारीसाधन दुईतर्फी रूपमा सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।
Read full story at source (kendrabindu.com)