भारतीय प्रधानमन्त्री मोदीलाई इन्डोनेसियाको सर्वोच्च नागरिक सम्मान
barnanmedia.com · Tue Jul 07 22:45:06 GMT 2026

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई इन्डोनेसियाले आफ्नो सर्वोच्च नागरिक सम्मान ‘बिन्तांग आदिपूर्णा’ बाट सम्मानित गरेको छ। भारतको प्रधानमन्त्री कार्यालयले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत यसको जानकारी दिएको हो।
प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज बिहान मलाई निकै स्नेहका साथ इन्डोनेसियाको सर्वोच्च सम्मान प्रदान गरिएको छ। यो सम्मान करोडौँ भारतीयहरूको हो। यो इन्डोनेसियाका जनताको भावना तथा भारत र इन्डोनेसियाबिचको ऐतिहासिक एवं आत्मीय सम्बन्धको सम्मान हो। म राष्ट्रपति प्रबोवो, इन्डोनेसिया सरकार र यहाँका जनताप्रति हृदयदेखि आभार व्यक्त गर्दछु।’
Read full story at source (barnanmedia.com)