जेनजी सहिद परिवारद्वारा गोल्याण ग्रुपका अध्यक्ष अक्षय सम्मानित
clickmandu.com · Tue Sep 08 12:22:09 GMT 2026

काठमाडौं । जेनजी सहिद परिवारको संस्था ‘जेनजी सहिद परिवार कल्याणकारी समाज’ले गोल्याण ग्रुपका अध्यक्ष तथा प्रवन्ध निर्देशक अक्षय गोल्याणलाई सम्मान गरेको छ । जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहमा गोल्याणलाई सम्मान गरिएको हो ।
गृहमन्त्री सुधन गुरुङसहित सहभागी कार्यक्रममा समाजले गोल्याणलाई सम्मानपत्रसहित खादा ओढाएर सम्मान गरेको छ । अक्षय नेतृत्वको गोल्याण ग्रुपले गोल्याण फाउण्डेशनमार्फत सहिदका सन्तानलाई १२ कक्षासम्मको शैक्षिकवृत्ति र बुवाआमालाई आजीवन स्वास्थ्य बिमा प्रदान गरेको छ ।
Read full story at source (clickmandu.com)